ए डिभिजन लिग : मछिन्द्र पुनः शीर्षस्थानमा

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लव पुनः शीर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको अन्तिम खेलमा मछिन्द्र क्लवले संकटा क्लवमाथि ३—१ को जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो । 

ए डिभिजन लिग : मछिन्द्र पुनः शीर्षस्थानमा

एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रका खेलाडी देवेन्द्र तामाङ, विशाल राई ‘बी’, र दिपक राइले एक/एक गोल गरे । संकटाका लागि एक मात्रै गोल मेसोउकेले गरे ।

मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै उपाधि होड कायमै राखेको हो । यद्यपी आर्मीले एक खेल खेल्न बाँकी छ । संकटा क्लब १२ अंक जोडेर तालिकाको सातौँ स्थानमा रहेको छ ।

यसअघि सोमबारै भएका अन्य खेलहरुमा सशस्त्र प्रहरीको एपीएफ टिम र च्यासल युथ क्लब विजयी भएका छन् ।

प्रकाशित : माघ २७, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?