ए डिभिजन लिग : फ्रेन्ड्सविरुद्ध एपीएफको जित

नमिता दाहाल

काठमाडौँ — सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत साेमबारको पहिलो खेलमा एपीएफले फ्रेन्ड्स क्लबमाथि जित निकालेको छ । एन्फा मैदान सातदोबाटोमा बिहान पौने ९ बजेबाट सुरु भएको खेलमा एपीएफले फ्रेन्ड्स क्लबमाथि ५–२ को जित  हात पारेकाे हाे ।

ए डिभिजन लिग : फ्रेन्ड्सविरुद्ध एपीएफको जित

खेलको १२ औं मिनेटमा एपीएफका आशिष लामाले गरेको गोलले अग्रता लिएको एपीएफले खेलको अन्तिम समयसम्म पनि आफ्नो पकड जमाइ राखेको थियाे । एपीएफका लागि आशिष लामा र प्रविन कुमारले २/२ गोलको साझेदारी निकालेका थिए । ९० मिनेटको खेलमा ५ मिनेट समय थप गरिएको थियो । समय थप गरेको चौथो मिनेटमा तपबहादुर विष्टले एक गोल गरे ।

फ्रेन्ड्सका लागि भने फिलिप दी साउजाले खेलको ६९ औं मिनेटमा र विश्व अधिकारीले ७९ औं मिनेटमा १/ १ गोल गरेका थिए ।

रेलिगेसनमा रहेको एपीएफले जीतसँगै खेलमा पुनरागमन गरेकाे छ। साेमबारको खेल एपीएफका लागि गर या मरको स्थितीमा थियो । ११ खेलबाट जम्मा ५ अंक बटुलेको एपीएफ अंक तालिकामा सरस्वती क्लबभन्दा मात्र माथि थियो ।

अहिले सरस्वती क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । यी दुवै क्लब रेलिगेसन जाेनमा छन् । तेस्रो खेल भने दिउँसो ३ बजे संकटा र मछिन्द्र क्लबबीच हुनेछ ।

प्रकाशित : माघ २७, २०७६ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?