३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मिलान डर्बी जितेर इन्टर शीर्षमा

एएफपी

मिलान — इन्टर मिलान आइतबार राति इटालीको सिरी ए को शीर्ष स्थानमा उक्लेको छ । यसका लागि उसले २ गोलले पछाडि रहेको स्थिति उल्टाएर एसी मिलानमाथि ४–२ को उत्कृष्ट जित रचेको थियो ।

मिलान डर्बी जितेर इन्टर शीर्षमा

सानसिरोमा प्राप्त मिलान डर्बीको जितपछि इन्टरको ५४ अंक भएको छ । समान अंकमा रहेको युभेन्ट्स अघिल्लो दिन भेरोनासँग पराजित भएको थियो ।


इन्टरलाई गोल अन्तरको लाभ प्राप्त छ । एसी मिलानले एन्टे रेबिच र ज्लाटन इब्रामोहिभिचको गोलले २ गोलको अग्रता लिएको थियो । इन्टरका लागि त्यसयता मार्सेलो ब्रोजोभिच, माटिस भेसिनो, स्टेफाना डे भ्रिज र रोमेलु लुकाकुले गोल गरे ।

प्रकाशित : माघ २७, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?