कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

बार्सिलोनाको पुनरागमन जित

एएफपी

म्याड्रिड — लियोनल मेसीले गोल सहयोगीको ह्याट्रिक भूमिका निभाएपछि बार्सिलोनाले तनावपूर्ण सप्ताहको अन्त्य गर्दै आइतबार राति स्पेनी ला लिगामा रियल बेटिसलाई ३–२ ले हरायो ।

बार्सिलोनाको पुनरागमन जित

यो जितले बार्सिलोना शीर्ष स्थानमा रहको रियल म्याड्रिडसँग तीन अंकको दूरीमा कायम रहन सफल रह्यो । यसअघि रियलले ओसासुनालाई ४–१ ले हराएर बार्सिलोनामाथि दबाब सिर्जना गरेको थियो ।


बेटिसले खेलमा दुई पल्ट अग्रता लिएपछि बार्सिलोना पुनरागमनमा जित रच्‍न बाध्य रहेको हो । बेटिसका लागि सर्जियो कानालेस र नबिर फकिरले गोल गरे ।


बार्सिलोनका तर्फबाट भने फ्रेन्क डे जोङ, सर्जियो बास्क्वेट क्लेमेन्ट लेन्गलेटले गोल गरे । तीन गोलमा मेसीले अवसर सिर्जना गरेका थिए ।


२३ खेलबाट ५२ अंकसहित रियल म्याड्रिड शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ४९ अंकसहित बार्सिलोना दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको गेटाफेको ४२ अंक छ ।

प्रकाशित : माघ २७, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?