कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नेपाल ओमानसँग फेरि पराजित [अपडेट]

काठमाडौँ — जिसज मक्सुद र अकिब इलियासको अर्धशतकमा ओमानले नेपाललाई ८ विकेटले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा लगातार तेस्रो विजय हात पारेको छ ।

नेपाल ओमानसँग फेरि पराजित [अपडेट]

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार टस हारेर ब्याटिङममा आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाइ २४९ रन बनायो । ओमानले २ बल बाँकी हुँदा उक्त लक्ष्य भेट्टायो ।

ओमानले यस शृंखलाको दुवै खेल जितिसकेको छ । बुधबार ओमानले नेपालालई १८ रनले पराजित गरेको थियो । नेपालले प्रतियोगितामा पहिलो विजय हात पार्ने क्रममा शनिबार अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

ओमान १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको अमेरिका भन्दा ओमान रन रेटमाम मात्रै पछाडि छ ।

७ राष्ट्र सम्मिलित यस लिग २ बाट सबै टोलीले समान ३६ खेल खेलेपछि शीर्ष ३ टोली विश्वकप छनौटमा प्रवेश गर्ने छ ।

प्रकाशित : माघ २६, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?