कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अजित र सन्तोषी हेटौंडा रन च्याम्पियन

सुवास विडारी

काठमाडौँ — सशस्त्र प्रहरी (एपीएफ) का अजितकुमार यादव र वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ हेटौंडा रन प्रतियोगिता–२०७६ च्याम्पियन भएका छन् ।

अजित र सन्तोषी हेटौंडा रन च्याम्पियन

नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर आयोजना गरिएको हेटौंडा रन प्रतियोगिताको पहिलो संस्करणअन्तर्गत पुरुषतर्फ दस किलोमिटर दौडमा एपीएफका अजित र महिला पाँच किलोमिटरतर्फ वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ विजयी भएका हुन् । अजितले निर्धारित दूरी ३१ मिनेट ०६ सेकेन्डमा पूरा गर्दा महिला पाँच किलोमिटरतर्फ सन्तोषीले १८ मिनेट १२ सेकेन्डमा आफ्नो दौड पूरा गरिन् ।


पुरुष दस किलोमिटरतर्फ दोस्रो भएका नेपाली सेनाका टंक कार्कीले निर्धारित दूरी ३१ मिनेट ३४ सेकेन्डमा पूरा गर्दा तेस्रो भएका एपीएफका गणेश सिंह ठकुरीले ३२ मिनेट ०४ सेकेन्डमा दूरी पार गरे । नेपाली सेनाका शिव रायमाझी ३२ मिनेट ०५ सेकेनड दस किलोमिटर पार गर्दै चौथो स्थानमा रहँदा पाँचौं भएका नेपाली सेनाकै जीवन लामा ३५ मिनेट १५ सेकेन्डमा निश्चित दूरी पार गरे ।


महिला पाँच किलोमिटरतर्फ विभागी खेलाडीलाई पछाडि पार्दै वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ उपाधि चुम्न सफल भइन् । दोस्रो भएकी नेपाल प्रहरीकी राजपुरा पछार्इंले १८ मिनेट १२ सेकेन्ड तथा तेस्रो भएकी नेपाली सेनाकी सरस्वती भट्टराईले १९ मिनेट ४९ सेकेन्डमा दूरी पूरा गरिन् । वाग्मती प्रदेशकी जुनेली सुनार २१ मिनेट ०३ सेकेन्ड तथा प्रदेश २ की सोमकला राईले २१ मिनेट २४ सेकेन्डमा दूरी पार गर्दै क्रमशः चौथो र पाँचौं स्थानमा रहे ।


वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना तथा पर्वतीय खेलकुद महासंघ वाग्मती प्रदेशको संयोजनमा प्रतियोगिता भएको हो । पुरुष तथा महिलातर्फ प्रथमदेखि पाँचौं स्थानमा दौड पूरा गर्नेहरूले क्रमशः ५० हजार रुपैयाँ, ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ, दस र पाँच हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । विजेता खेलाडीहरूलाई वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित : माघ २५, २०७६ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?