कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ए डिभिजन लिग : जावलाखेल युथ विजयी

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको दोस्रो खेलमा जावलाखेल युथ क्लबले फ्रेण्ड्स क्लबमाथि जित निकालेको छ ।

ए डिभिजन लिग : जावलाखेल युथ विजयी

शनिबार एन्फा मैदान सातदोबाटोमा भएको खेलमा जावलाखेलले फ्रेण्ड्स क्लबलाई १—० गोल अन्तरले पराजित गरेको हो । जाउलाखेलको जितमा फोडे फोफानाले खेलके ५८ औं मिनेटमा गोल गरेका थिए । याे जितसँगै जावलाखेलले लिग तालिकामा थप तीन अंक जोड्दै पाँचौं स्थान कायम गरेको छ । हारसँगै फ्रेन्ड्स क्बल १४ अंकमा सिमित रहँदै नवौं स्थानमा छ ।


मनाङ मर्स्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) आइतबार भिड्ने


शनिबार नै हुने भनिएको मनाङ मर्स्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीचको खेल भने स्थगित भएको छ । शनिबार ३ बजे सशस्त्र प्रहरीको मैदान हल्चोकमा हुने भनिएको खेल प्राविधिक कारण स्थागित गर्नुपरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएकाे छ । उक्त खेल आइतबार १ बजे एन्फा मैदान सातदोबाटोमा हुनेछ ।

" data-mce-href="https://urpanel.kantipurdaily.com/kantipur/news/">

प्रकाशित : माघ २५, २०७६ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?