१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

ए डिभिजन लिग : हिमालयन शेर्पा विजयी

काठमाडौँ — ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई ३–२ गोलले पराजित गरेको छ । 

ए डिभिजन लिग : हिमालयन शेर्पा विजयी

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा हिकालयनका लागि विजय गुरुङले २ र त्रिदेव गुरुङले १ गोल गरे । विजयले खेलको २८ औं र ५० औं मिनेटमा गोल गरे भने त्रिदेवले खेलको ३३ औ मिनेटमा गोल गरे ।


च्यासलका लािग हायातु वाकिनोले दुई गोल गरेपनि हार टार्न सकेनन् । जितसँगै शेर्पाले ११ खेलबाट १० अंक जोडेको छ । च्यासलको १२ अंक छ ।

प्रकाशित : माघ २५, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?