१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कुशल र विनोदको अर्धशतकले नेपालको चुनौतीपूर्ण स्कोर

विनोद पाण्डे

काठमाडौँ — कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेपछि नेपालले क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १ सय ९१ रनको लक्ष्य दिएको छ । ४९ रनमा ५ विकेटको दयनीय स्थितिलाई सुधार्नेक्रममा विनोद भण्डारीले पनि अर्धशतक बनाए । 

कुशल र विनोदको अर्धशतकले नेपालको चुनौतीपूर्ण स्कोर

अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको नेपालको तर्फबाट कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपाल ४९.२ ओभरमा १ सय ९१ रन बनाउँदै अलआउट भएको हो ।


कुशलको यो डेब्यु खेल हो । उनले १५ वर्ष ३ सय ४० दिनको दिनमा अर्धशतक बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा ५० रन पुरा गर्ने खेलाडी बनेका हुन् ।


उनलाई शनिबार रोहित पौडेलको स्थानमा खेलाइएको थियो र रोहितले एक वर्षअघि दुबईमा युएईविरुद्ध सबैभन्दा कम उमेरमा अर्धशतक बनाएको कीर्तिमानलाई कुशलले उछिनेका हुन् ।


कुशलले ५१ बलको इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरे । उनले विनोदसँग छैटौं विकेटमा ८४ रनको महत्वपूर्ण साझेदारी गरी नेपाललाई खेलमा फर्काएका थिए ।


विनोदले ७९ बल खेली ६ चौका र १ छक्का प्रहार गरेका थिए । उनीपछि आएका करण केसी १२ रनमा आउट भए भने सन्दीप लामिछाने शुन्यमा पेभेलियन फर्किए । सुसन भारी आउट हुने अन्तिम खेलाडी थिए । उनले ११ रन बनाए । अविनाश बोहरा ५ रनमा अविजित रहे ।


यसअघि नेपाल २२ औं ओभर नेपालले ४९ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो । नेपाल ३ रनको अन्तरमा ४ विकेट गुमाएपछि दबाबमा आएको थियो । कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले दोस्रो विकेटमा ४० रनको साझेदारी गरेपछि नेपाल १ विकेट गुमाइ ४६ रनको स्कोरमा पुगेको थियो ।


तर त्यसपछि ज्ञानेन्द्र २१, दीपेन्द्र ऐरी शुन्य, पूर्वकप्तान पारस १९ र आरिफ शेख २ रनमा आउट भएपछि नेपाल नाजुक स्थितिमा पुगेको थियो । ओपनर सुवास खकुरेल ३ रनमा यसअघि नै आउट भइसकेका थिए ।


त्रिकोणात्मक शृंखलामा नेपाल र अमेरिका दुवै पहिलो विजयको खोजिमा छ । नेपाल र अमेरिका दुवैलाई उनीहरुको पहिलो खेलमा ओमानले पराजित गरेको थियो ।

प्रकाशित : माघ २५, २०७६ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?