कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

कुशलको विश्व कीर्तिमान

काठमाडौँ — कुशल मल्लले विश्व कीर्तिमान बनाउँदै अर्धशतकीय इनिङ्स खेलेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो डेब्यु खेल हो ।

कुशलको विश्व कीर्तिमान

उनले १५ वर्ष ३ सय ४० दिनको दिनमा अर्धशतक बनाउदै एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा कम उमेरमा ५० रन पुरा गर्ने खेलाडी बनेका हुन् । उनलाई शनिबार रोहित पौडेलको स्थानमा खेलाइएको थियो र रोहितले एक वर्षअघि दुबईमा युएईविरुद्ध सबैभन्दा कम उमेरमा अर्धशतक बनाएको कीर्तिमानलाई कुशलले उछिनेका हुन् ।


कुशलले ५१ बलको इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरे । उनले विनोदसँग छैटौं विकेटमा ८४ रनको महत्वपूर्ण साझेदारी गरी नेपाललाई खेलमा फर्काएका थिए ।

उनी नेपालका पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनका उत्पादन हुन्। उनले गौचनसँग प्रशिक्षण लिएर आएका हुन् ।

प्रकाशित : माघ २५, २०७६ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?