घरेलु मैदानमा नेपालको पहिलो जित [अपडेट]

सन्दीप र करणले लिए २/२ विकेट

काठमाडौँ — नेपालले अमेरिकामाथि ३५ रनको विजय हात पारेको छ । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो जित निकालेको हो ।

घरेलु मैदानमा नेपालको पहिलो जित [अपडेट]

१ सय ९१ रनको विजय लक्ष्य लिएर आएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भयो। यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको नेपाल ओभरमा १ सय ९० रनमा अलआउट भएको थियो।

नेपालले ओमानसँगको खेलबाट दुई खेलाडी परिवर्तन गरेको थियो। घाइते भइ शृंखलाबाट बाहिरिसकेका शरद भेषावकरको स्थानमा आएका सुवास खकुरेलले प्लेइङ ११ बाट खेलिरहेका छन् । त्यस्तै कुशल मल्लले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका छन् । उनलाई रोहितकुमारको पौडेलको स्थानमा ल्याइएको हो ।

प्रकाशित : माघ २५, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?