१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ए डिभिजन लिग : तेस्रो स्थानमा उक्लियो थ्री स्टार

नमिता दाहाल

काठमाडौँ — शहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणको खेलमा थ्री स्टार क्लवले संकटा क्लबलाई पराजित गरेको छ । शुक्रबार ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मैदानमा भएको खेलमा चौँथो स्थानको थ्री स्टारले पाँचौ स्थानको संकटालाई १–० को अन्तरले पराजित गरेको हो । 

ए डिभिजन लिग : तेस्रो स्थानमा उक्लियो थ्री स्टार

खेलको ६१ औं मिनेटमा अनन्त तामाङले गरेको गोल नै निर्णायक बन्यो । जीतसँगै थ्री स्टार तेस्रो चरणमा उक्लिएको छ । उसको १० खेलबाट १७ अंक भएको छ ।

शुक्रबार नै भएको अर्को खेलमा पुलिसले भरत शाहको गोलमा ब्रिगेड ब्वाइजमाथि १–० को जित निकालेको छ । शीर्ष पाँचमा उक्लिने क्रममा २९औं मिनेटमा भरतले गरेको गोल नै पुलिसले जारी लिगमा पाँचौ जित निकाल्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा नीर कुमार राईले कर्नरमार्फत गरेको क्रसलाई भरतले हेडरमार्फत गोल गरेका थिए । पहिलो हाफमा लिएको अग्रतालाई पुलिसले दोस्रो हाफममा पनि कायम राख्दै तीन अंक जोड्न सफल भएको हो । जितसँगै ११ खेलमा १७ अंक जोडेको नेपाल पुलिस क्लब तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान खेलबाट ८ अंक जोडेको ब्रिगेड ब्वाइज क्लब तालिकाको ११ औं स्थानमा छ ।


शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबको ११ खेलबाट २६ तथा दोस्रो स्थानको मछिन्द्र क्लबको सामान खेलबाट २५ अङ्‌क छ । एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी क्लबको १९ अङ्‌क छ । लिगमा शनिबार तीन खेल हुनेछन् ।

प्रकाशित : माघ २४, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?