जोकोभिचले जिते अस्ट्रेलियन ओपन

एजेन्सी

मेलबर्न — नोभाक जोकोभिचले आइतबार कीर्तिमान आठौं पटक अस्ट्रेलियन ओपन जितेका छन् । डिफेन्डिङ च्याम्पियन जोकोभचले यसका लागि फाइनलमा डोमिनिक थिमलाई पाँच सेट चलेको कडा प्रतिस्पर्धात्मक खेलमा हराए ।

जोकोभिचले जिते अस्ट्रेलियन ओपन

सर्बियाली खेलाडी फाइनलमा ६–४, ४–६, २–६, ६–३ र ६–४ ले विजयी रहे । उनले २–१ सेटले पछाडि रहेको स्थिति उल्टाएर १७ औं ग्रान्ड स्लाम उपाधि जितेका हुन् ।


उदयमान खेलाडी मानिएका थिमका लागि ग्रान्ड स्लाम फाइनलमा फेरि एकपल्ट निराशा सामना गर्नु परेको छ । अस्ट्रियाका थिम यसअघि दुई पटक फ्रेन्च ओपनको फाइनलमा पराजित भइसकेका छन् ।

प्रकाशित : माघ १९, २०७६ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?