३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संकटाको जित

सहिद स्मारक ‘ए’ डिभिजन
रासस

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा संकटाले हिमालयन शेर्पालाई पराजित गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा संकटाले हिमालयन शेर्पालाई १-० गोलअन्तरले पराजित गरेको हो । सङ्कटाले १० खेलमा १५ अंक जोडेको छ ।

अजयी मार्टिन्सले संकटाका लागि निर्णायक गोल गरे । उनले खेलको २१औँ मिनेटमा क्षितिज राज जिटीको पासमा गरेको एक गोल नै संकटाका लागि निर्णायक गोल सावित भयो ।

जितसँगै संकटा छैठौँ स्थानमा उक्ललिएको छ । समान १० खेल पूरा गरेको हिमालयन शेर्पा सात अंकका साथ अंक तालिकाको बाह्रौँ स्थानमा छ ।

प्रकाशित : माघ १९, २०७६ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?