२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

फ्रेन्ड्स र एनआरटी विजयी

ए डिभिजन लिग

काठमाडौँ — सहिद स्मारक ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले च्यासल युथ क्बललाई हराएको छ । यस्तै न्युरोड टिम (एनआरटी)ले ब्रिगेड ब्वाईज विरुद्ध जित निकालेको छ । 

फ्रेन्ड्स र एनआरटी विजयी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा फ्रेन्ड्सले च्यासललाई १–० ले पराजित गरेको हो । फ्रेन्ड्सका लागि उत्तम राईले निर्णायक गोल गरेका थिए । उनले खेलको ८४औं मिनेटमा गोल गर्दै जित सम्भव बनाएका थिए । जितसँगै ३ अंक जोडेको फ्रेन्डसको लिग तालिकामा ११ अंक भएको छ । फ्रेन्डसले च्यासललाई पछि पार्दै अंक तालिकाको नवौं स्थानमा उक्लिएको छ । पराजित च्यासल ९ अंकसहित १० औं स्थानमा छ ।


अर्को खेलमा (एनआरटी)ले ब्रिगेड ब्वाइजलाई २–० ले हराएको छ । एनआरटीका लागि पाँचौं जित निकाल्ने क्रममा राजेश परियारले पहिलो र दोस्रो हाफमा एक/एक गोल गरे । उनले ३२ औं मिनेटमा पहिलो र ५२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका थिए ।


जितसँगै ३ अंक जोडेको एनआरटी थ्रिस्टार क्लबलाई पछि पार्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।


बिहीबारको खेलसँगै लिगका ९ औं चरणका पनि खेल सकिएका छन् । विभागीय टोली त्रिभुवन आर्मी २० अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा समान १९ अंक भएका टोलीद्वय मच्छिन्द्र र मनाङ मर्स्याङ्दी क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । दशौं चरणका खेल शनिबारबाट हुनेछन् ।

प्रकाशित : माघ १६, २०७६ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?