कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएलका लागि चितवन टाइगर्समा सेहजाद

काठमाडौँ — चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि अफगानिस्तानको विस्फोटक ओपनिङ ब्याट्सम्यान मोहम्मद सेजहादलाई लिएको छ । चितवनले लिएको सेहजाद पहिलो विदेशी खेलाडी हुन् । अन्य विदेशी खेलाडीको बारेमा केही दिनमै घोषणा गर्ने चितवनले जनाएको छ ।

ईपीएलका लागि चितवन टाइगर्समा सेहजाद

अफगानिस्तानका विकेटकिपर सेहजादले अवुधावी टी १०, बंगलादेश प्रिमियर लिग, अफगान प्रिमियर लिग खेलिसकेका छन् । नेपालसँगैं एक समय विश्व क्रिकेट लिगको डिभिजन ५ मा रहेको अफगानिस्तानलाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हुँदै टेस्ट मान्यता दिलाउन सेहजादको ठूलो भुमिका छ । उनले २०१७ मा एकै दिनमा ट्वान्टी २० अन्तर्राष्ट्रियमा दुई अर्धशतक बनाएर अनौठो किर्तिमान बनाएका थिए । ओमानसँग बिहान सेमिफाइनलमा र साँझ आयरल्यान्डसँग फाइनलमा अर्धशतक बनाउँदै उनले अफगानिस्तानलाई दुबईमा डिजर्ट ट्वान्टी २० च्यालेन्जको उपाधि दिलाउन प्रमुख भुमिका खेलेका थिए ।


‘हाम्रो लामो समयको प्रयास र सेहजाद पनि आफैं नेपाल आएर खेल्न इच्छुक भएपछि हामी सहमतिमा पुगेका हौं । सेहजादको आगमनले चितवन टाइगर्सको ब्याटिङमा नयाँ आयाम दिने विश्वास हामीले लिएका छौं । साथै सेहजादको आगमनले हाम्रो टोलीका खेलाडीलाई राम्रो अनुभव पनि दिनेछ,’ चितवन टाइगर्सका मालिक किशोर भट्टराईले फ्रेन्चाइज टोलीको जारी विज्ञप्तीमा जनाएका छन् । अनुबन्ध रकम भने खुलाइएको छैन ।


अफगानिस्तानबाट ३३ वर्षे सेहजादले २ टेस्ट, ८४ एकदिवसीय अन्तर्राष्ट्रिय र ६५ ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । प्रथम श्रेणीको क्रिकेटमा उनको ब्याटिङ औसत ५० भन्दा माथि छ । सेहजादले सबै संरचनाको क्रिकेट १३ हजारभन्दा बढी रन बनाएका छन् ।


चितवन टाइगर्सले हालै मात्र ट्रेडमार्फत् नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामीलाई लिएको थियो । चितवन टाइगर्सको टोलीमा रहेका तीव्र बलर कमलसिंह ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । उनलाई क्रिकेट विश्वकप लिग २ का लागि नेपाली टोलीमा राखिएको छ । गत सिजन प्लेअफमा पुगेको चितवन टाइगर्समा दिलिपनाथ, ललितसिंह भण्डारी, सन्दीप सुनार, भिम सार्की, इशान पाण्डे, साहब आलम, सागर ढकाल, आदिल खान लगायतका खेलाडी छन् । टोलीले दोस्रो चरणमा खड्ग बोहरालाई लिएको थियो ।


प्रकाशित : माघ १५, २०७६ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?