१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतीय महिला लिगमा सावित्राको उत्कृष्ट प्रदर्शन : केन्‍क्रेविरुद्ध गरिन् ५ गोल

काठमाडौं — नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतीय महिला लिग फुटबलमा मंगलबार गोकुलम केरला एफसीका लागि ५ गोल गरेकी छिन् ।

भारतीय महिला लिगमा सावित्राको उत्कृष्ट प्रदर्शन : केन्‍क्रेविरुद्ध गरिन् ५ गोल

बेंग्लोर रंगशालामा भएको खेलमा गोकुलमले केन्‍क्रे एफसीलाई १०–१ ले पराजित गर्दा सावित्राले उत्कृष्ट प्रदर्शन गरिन् । गोकुलमका लागि करिश्मा शिरवोइकरले ह्याट्रिक गरिन् । त्यस्तै मनीशाले २ गोल गरिन् । मंगलबारको खेलमा म्यान अफ द म्याच हुँदै सावित्राले ५ हजार भारतीय रुपैयाँ पाइन् ।



गत वर्ष सेथु एफसीबाट भारतीय महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेकी सावित्रा यस वर्ष गोकुलममा आबद्ध भएकी हुन् । उनले गत संस्करणमा १५ गोल गरेकी थिइन् । सावित्रासँगै नेपाली खेलाडी अनिता बस्नेत पनि भारतीय महिला लिग खेलिरहेकी छिन् । अनिता सेथु एफसीबाट खेलिरहेकी छिन् । गत वर्ष पनि उनी यसै क्लबमा आबद्ध थिइन् ।

प्रकाशित : माघ १५, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?