कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ताए ब्रायन्ट

मार्क स्टेइन

लस एन्जलस — कोबी ब्रायन्टले हाइस्कुलबाट सिधै लस एन्जलस लेकर्सका लागि २० वर्षको उत्कृष्ट खेलजीवन बिताए । बने उनी बास्केटबलकै सर्वकालीन महान् खेलाडी । यिनै ब्रायन्टले आइतबार हेलिकप्टर दुर्घटनामा मृत्यु आत्मसात् गरेका छन् ।

अस्ताए ब्रायन्ट

उनीसँगै लस एन्जलसमा भएको दुर्घटनामा ९ जनाले ज्यान गुमाए। ब्रायन्ट ४१ वर्षका थिए । मृत्यु हुनेमा एक जना उनकी छोरी १३ वर्षीया जियना ब्रायन्ट थिइन् । ब्रायन्ट र भेनेसाका चार छोरी थिए, त्यसमध्ये जियना माइली थिइन् ।


अरेन्ज काउन्टीमा रहेका पारिवारिक घरबाट उनीहरू ३० माइल टाढाका उत्तर–पश्चिम लस एन्जल्समा जाँदै थिए । जियना आफैं स्टार खेलाडीका रूपमा स्थापित हुने प्रयासमा थिइन् । दुर्घटनाको साँझ उनको खेल थियो । उनी खेल्ने टिम माम्बा स्पोर्ट्स एकेडेमीका प्रशिक्षक अरू कोही होइन, उनका बुवा ब्रायन्ट नै थिए । उनको निधनको समाचारले एनबीए र पूरा बास्केटबल विश्व स्तब्ध भएको छ । अहिलेको पुस्ताका सबै एनबीए स्टार ब्रायन्टको खेल हेर्दै हुर्केका हुन् ।


ब्रायन्टले लेकर्सका लागि पाँचपल्ट च्याम्पियनसिप जिते र एकै खेलमा ८१ अंक बनाएको कीर्तिमान पनि बनाए । उनी पहिलोपल्ट कोर्टमा उत्रँदा १७ वर्षका थिए । त्यसयता लगातार स्टार खेलाडीका रूपमा उनी छाइरहे । सन् १९९६ को ड्राफ्टबाट उनी एनबीएमा प्रवेश गरेका थिए । उनको सुरुदेखि नै उद्देश्य थियो, विश्व बास्केटबलका अर्का लेजेन्ड खेलाडी माइकल जोर्डनलाई उछिन्ने । उनले आफ्नो इच्छालाई कहिले पनि दबाएर राखेनन् ।

आफ्नो २० सिजनको खेलजीवनमा ब्रायन्ट १८ पल्ट अल स्टार छनोटमा परे । सन् २००८ मा उनी मोस्ट भ्यालुएबल खेलाडी चुनिए भने दुई एनबीए फाइनलमा बने एमभीपी नै । सन् २००३ मा बाहिर आएको यौन दूराचारको घटनाले पनि ब्रायन्टलाई कसरी हेर्ने हो त्यो नजरमा भने व्यापक परिवर्तन आएको थियो । उनीमाथि यौन दूराचारको गम्भीर आरोप लागेको थियो । उनले त्यसको छिनोफानो अदालतबाहिर गर्ने काम पनि गरेका थिए ।


तर उनी एनबीएका प्रशंसकमाझ खुबै लोकप्रिय रहे । विशेषतः एन्जलस लेकर्स समर्थकमाझ उनी लेजेन्ड थिए, किनभने उनले आफ्नो पूरा खेलजीवन एउटै टिमका लागि मात्र समर्पित गरे । लोअर मेरिन हाइस्कुलमा उत्कृष्ट प्रदर्शन गरेपछि उनले सिधै विश्व बास्केटबलका सबैभन्दा अब्बल दर्जाका प्रतियोगिता खेले । उनको समयमा यस्तो गर्नसक्ने खेलाडी बिरलै मात्र थियो । उनको आगमनपछि लस एन्जलस लेकर्सले पनि एकपछि अर्को सफतला चुमेको थियो ।


–न्युयोर्क टाइम्स

प्रकाशित : माघ १४, २०७६ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?