बुझ्नै सकेनन् सेटिनका धारणा

रोयटर्स

भ्यालेन्सिया — बार्सिलोना प्रशिक्षक क्वेक सेटिनले अन्ततः माने, उनका खेलाडीले उनको धारणा अझसम्म राम्रोसँग बुझ्न सकेका छैनन् । बार्सिलोना शनिबार ला लिगामा भ्यालेन्सियासँग २–० ले पराजित रह्यो । उनी आएयता बार्सिलोनाले बेहोरेको यो पहिलो हार हो ।

बुझ्नै सकेनन् सेटिनका धारणा

महिनाको सुरुमा एरनेस्टा भाल्भरडे बर्खास्तीमा परेपछि उनले बार्सिलोना सम्हाल्ने मौका पाएका पाएका थिए । भ्यालेन्सियाविरुद्धको त्यस खेलमा बार्सिलोना सुरुमै पछाडि पर्ने थियो । तर टिम भाग्यमानी रह्यो । म्याक्सी गोमेजको पेनाल्टी प्रहारलाई मार्क आन्द्रे टेर स्टेगनले बचाए । उनै गोमेज भ्यालेन्सियाको विजयमा नायक बने ।


दोस्रो हाफ सुरु भए लगतै उनको प्रहार बार्सिलोनाका रक्षक जोर्डी अल्बाको जिउमा लाग्दै आत्मघाती गोल गरे । गोमेजले नै खेल समाप्त हुन १३ मिनेट अगाडि अर्को गोल गरे ।


‘मैले जे जति भनेको छु, सायद खेलाडीले त्यो सबै राम्रोसँग बुझेका छैनन् । अथवा मैले आफैं खेलाडीलाई बुझाउन नसकेको हुन सक्छ,’ सेटिनले भने, ‘आज बार्सिलोनाले जसरी खेल्यो, त्यसलाई मन पराउन कोही पनि हुने छैनन् ।’ बार्सिलोनाले खेलमा बलमाथि ७४ प्रतिशत आफ्नो प्रभुत्व कायम गरेको पनि थियो । ‘भ्यालेन्सिया आफ्नो काममा गम्भीर थियो र त्यसै अनुसार खेल्यो पनि । अहिलेको बार्सिलोना टिममा सुधारर्नुपर्ने धेरै छन्,’ सेटिनले थपे ।


उनी आएपछिको पहिलो खेलमा बार्सिलोनाले गत साता ग्रेनेडलाई १–० ले हराएको थियो । यस्तै कोपा डे रेमा बार्सिलोना इबाजामाथि २–१ ले विजयी रह्यो । यो हारले क्लबमा एक प्रकारले सेटिनको हनिमुनमा पनि पूर्ण बिराम लागेको छ । यी सबै खेलमा बार्सिलोनाले बलमाथि त अत्यधिक नियन्त्रण लियो, तर गोल निकाल्न भने संघर्षरत रह्यो । ‘हामीले पासका नाममा लागतार पास त दिइरह्यौं, तर चाहिए जत्तिको बललाई अगाडि पनि लान सकेनौं ।


हाम्रो उद्देश्य पक्कै पनि त्यो केही पनि होइन,’ ६१ वर्षीय सेटिनले भने । सेटिन त्यस्ता प्रशिक्षक हुन्, जसको रणनीति बलमाथि अत्यधिक प्रभुत्व कायम राख्ने नै हुने गर्छ, तर यहीअनुसार खेलेर उनको टिमले अहिलेसम्म कुनै उपाधि भने जित्न सकेको छैन ।

आफ्नो प्रशिक्षक जीवनमा उनले अहिलेसम्म कुनै पनि ठूलो सफलता हात पार्न सकेको छैन ।


सेटिनले भ्यालेन्सियामा बराबरीका एक मात्र सफलता बल नियन्त्रण मात्र रहेको माने । उनले खेलको दोस्रो हाफमा आफ्नो टिम अझ खराब भएको विश्लेषण गरे । बार्सिलोनामा मिडफिल्डर सर्जियो बुस्क्वेट हारमा पनि सकारात्मक हुनुपर्ने मान्छन्, किनभने टिमले अब प्रशिक्षकको धारणाअनुसार विस्तारै आफ्नो लय समात्ने छ ।


उनले भने, ‘हामीले दोस्रो हाफमा पर्याप्त आक्रमण बुन्ने प्रयास त गर्‍यौं, तर कुनै पनि त्यति धेरै सटिक भएन । अब हामी सबै खेलाडीको एउटै उद्देश्य हुनु पर्छ, नयाँ प्रशिक्षकको योजना अनुसार चल्ने ।’ उनले थपे, ‘प्रशिक्षक सेटिनको खेलाउन शैली क्लबका लागि धेरै नयाँ केही पनि होइन । तर यसमा केही फरकपन भने छ ।’


प्रकाशित : माघ १३, २०७६ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?