२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

बीपीएलमा सिंह ११ र डीसीसी विजयी

भूषण यादव

वीरगन्ज — वीरगन्ज प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबारका दुई खेलमा सिंह ११ लायन्स र डीसीसी वीरगन्ज विजय भएका छन् । वीरगन्जको नारायणी क्रिकेट मैदानमा पहिलो खेलमा सिंह ११ ले ड्रागेन अफ साहिब दरबारलाई ६ विकेटले पराजित गरेको थियो । 
टस हारेर पहिले ब्याटिङ गर्न आएको साहिब दरबारले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनायो ।

बीपीएलमा सिंह ११ र डीसीसी विजयी

दीपक टिटुङ र समीर नेपालले २४/२४ रनको समान योगदान दिए । सिंह ११ का महबुब आलमले ४ ओभरमा २१ रन खर्चेर ४ र रोहितकुमार सिंहले ३ विकेट लिए ।


जबाफमा आएको सिंह ११ ले ३ बल बाँकी हुँदै हासिल गर्यो । महबुबले २० बल खेल्दै ३ छक्का र ३ चौका प्रहार गर्दै ३८, आशिष झाले ३१ र सुधीर चौधरीले २३ रन बनाए । महबुब म्यान अफ द म्याच घोषित भए ।


दोस्रो खेलमा डीसीसी वीरगन्जले रौतहट राइनोजलाई ६ विकेटले पराजित गर्यो । रौतहटले टस जितेर पहिलो ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १ सय २ रन बनायो । राइनोजका गौरव खड्काले ६४ रन जोडे । डीसीसीका अभिनाश कर्ण र साजिद मन्सुरले २/२ विकेट लिए । डीसीसीले १८.२ ओभरमै लक्ष्य पुरा गर्यो ।


हरिकृष्ण झा ९ रनमै आउट भए पनि सोनु अन्सारीले ३२ र सैफ अलि हवारीले ३० रन बनाउदै डीसीसीलाई जिताए । राइनोजका जितेन्द्र मुखियाले कसिलो बलिङ प्रदर्शन गर्दै ४ ओभरमा १४ रन खर्चेर एक विकेट लिए । गौरव खड्का म्यान अफ दि म्याच भए ।

सोमबारको पहिलो खेल वीरगन्ज स्टार्स र सिंह ११ र दोस्रो खेल केआईसी वीरगन्ज र रौतहट राइनोजबीच खेलिने आयोजक युनाइटेड क्रिकेट क्लबले जनाएको छ ।


पहिलोपटक वीरगन्जमा आयोजित बीपीएलको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ दि सिरिजले २० हजार र बेस्ट बलर/ब्याट्सम्यानका लागि १०/१० हजार रुपैयाँको पुरस्कार दिइने छ । प्रतियोगितामा ६ टोली सहभागी छन् । प्रत्येक टोलीमा अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडी छन् । अक्सनद्वारा खेलाडी खरिद गरिएको थियो ।

प्रकाशित : माघ १३, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?