१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चन्द्रपुरले विदुरलाई हरायो

शिव पुरी

रौतहट — चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग प्रतियोगिताअन्तर्गत आइतबार चन्द्रपुरले विदुर नगरपालिका नुवाकोटलाई ६–० ले हरायो । जितसँगै चन्द्रपुरले ६ अंक भएको छ । टोलीले यसअघि उदयपुरलाई ३–० ले हराएको थियो । 

चन्द्रपुरले विदुरलाई हरायो

बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक र चौदण्डीगढी नगरपालिका उदयपुरबीच भएको पहिलो खेल ३/३ बराबरीमा टुंगिएको थियो ।

शेरबहादुर दर्लामी खेल मैदानमा रौतहट फुटबल संघले आयोजना गरेको प्रतियोगितामा चन्द्रपुरका रोजिना श्रेष्ठले पहिलो गोल गरेकी थिइन् । ४५ औं मिनेटमा रोजिनाले डिबक्स बाहिरबाट लामो किक प्रहार गरिन् ।


नुवाकोटकी गोलकिपर झरना राईले रोक्न सकिनन् । चन्द्रपुरले सुरु देखिनै नुवाकोटलाई दबाबमा पारेको थियो । उसले नुवाकोटमाथि पटक पटक गोलको प्रयास गर्‍यो । नुवाकोटकी डिफेन्डर कुमारी तामाङले निकै रोक्ने प्रयास गरिन् । उनको प्रयास चन्द्रपुरका खेलाडीले ब्यर्थ बनाइदिए ।


५८ औं मिनेटमा मेनुका आलेमगरले सानदार दोस्रो गोल गरिन् । मेनुका नगरकोटीले दिएको पासलाई सदुपयोग गर्दै आलेगमरले हेडद्वारा टिमका लागि दोस्रो गोल गरेकी हुन् । चन्द्रपुरले खेल सुरुवातदेखि नै खेललाई एकलौटी गरे पनि मध्याह्नअघि एक गोल मात्र गरेको थियो ।


चन्द्रपुरकी सुनीता भोलन र अस्मिता वैद्यसहित अग्रपंक्तिका खेलाडीहरू सविता रानामगर, रोजिना श्रेष्ठको संगठित देखिएको खेलमा नुवाकोटका डिफेन्डर कुमारी तामाङ र गोलकिपर झरना राईमाथि हावी भए । ६५ औ मिनेटमा चन्द्रपुरकी रजनी ठोकरले तेस्रो गोल गरिन् ।

६७ औं मिनेटमा चन्द्रपुरकी अस्मिता वैद्यले चौथो गोल गरिन् । सविता रानामगरको पासमा अस्मिताले गोल गर्न सफल भइन् । गोल लगत्तै अस्मिताले नुवाकोटका खेलाडीलाई फल हानेपछि पहेलो कार्ड पाइन् ।


एकतर्फी रूपमा चन्द्रपुरले नुवाकोटमाथि कब्जा जमाउँदै खेलको ७४ औं मिनेटमा अस्मिताले नै थप गोल गरिन् । चन्द्रपुरका डिफेन्डर समीक्षा घिमिरेको खेल बलियो देखियो । उसले नुवाकोटका खेलाडीलाई बल अगाडि बढाउनै दिइनन् । खेलको अन्तिम अतिरिक्त समयमा चन्द्रपुरकी मेनुका नगरकोटीले छैटौं गोल गरिन् । चन्द्रपुरकी अस्मिता वैद्य खलेको उत्कृष्ट खेलाडी भइन् ।


पहिलो खेलको ३१ औं मिनेटमा सिन्धुपाल्चोककी सुस्मा तामाङले पहिलो गोल गरिन् । ४२ औं मिनेटमा अनु राईले टिमका लागि दोस्रो गोल गरिन् र सिन्धुपाल्चोकलाई २–० ले अग्रता दिलाइन् । ७५ औं मिनेटमा उदयपुरकी रोशनी बोहराले एक गोल फर्काइन् । ७६ औं मिनेटमा सिन्धुपाल्चोककी अनु राईले गोल थपिन् र टिमलाई ३–१ ले अग्रता दिलाइन् । त्यसपछि खेल निकै प्रतिस्पर्धात्मक बन्यो । उदयपुकी अनुष्का राईले थप एक गोल गरिन् र बराबरीमा लगिन् ।


प्रकाशित : माघ १३, २०७६ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?