कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

युभेन्टस नेपोलीसँग पराजित

एएफपी

मिलान — पिट्र जिलिस्की र लोरेन्जो इन्सिनेले दोस्रो हाफमा गरेको गोल मद्दतले इटालीको सिरी ए मा नेपोलीले युभेन्टसमाथि आइतबार राति २–१ को जित रचेको छ ।

युभेन्टस नेपोलीसँग पराजित

युभेन्टस प्रशिक्षक मउरिजो सारीका लागि नेपोली फर्काइ यो हारसँगै दु:खद रह्यो । सन् २०१८ मा उनलाई नेपोलीले बर्खास्त गरेको थियो र यसै सिजन उनी युभेन्ट्स गएका थिए ।

आठ पल्टको लिग विजेताका लागि एक गोल क्रिस्टियानो रोनाल्डोले गरे । क्लबका लागि लगातार नवौं खेलमा रोनाल्डोको यो १३ औं गोल हो । हारले युभेन्टस शीर्ष स्थानमा छ अंकको अग्रता खोल्न सफल रह्यो ।

खराब प्रदर्शनबाट गुज्रिरहेको नेपोली यो जितपछि नवौं स्थानमा उक्लेको छ र यससँगै लिगमा लगातार तीन हारको क्रम पनि टुटेको छ ।

प्रकाशित : माघ १३, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?