रियल शीर्ष स्थानमा

एएफपी

म्याड्रिड — रियल म्याड्रिड आइतबार राति अक्टोबरयता पहिलो पल्ट स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । उसले रियल भालाडोलिडलाई १–० ले हरायो ।

रियल शीर्ष स्थानमा

अघिल्लो दिन बार्सिलोना भ्यालेन्सियासँग पराजित भएपछि रियललाई फाइदा पुगेको हो । जिनेदिन जिदानको रियलका लागि एक मात्र गोल खेल सकिन १२ मिनेट अगाडि नाचोले गरे ।


रियल अब बार्सिलोनाभन्दा तीन अंकले अगाडि रह्यो । क्विके सेटिनको बार्सिलोना यसअघि भ्यालेन्सियाविरुद्धको खेलमा २–० ले पराजित रहेको थियो ।


जितसँगै रियल म्याड्रिडले २१ खेलबाट ४६ अंक जोडेको छ । समान खेल खेलेको बार्सिलाेना ४३ अंकसहित दोस्राे स्थानमा रहेको छ । ३८ अंकसहित सेभिया तेस्राे स्थानमा रहेको छ ।

प्रकाशित : माघ १३, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?