कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

हेलिकप्‍टर दुर्घटनामा बास्केटबल लेजेन्ड ब्रायन्टको निधन

एएफपी

लस एन्जलस — एनबीए लेजेन्ड कोबी ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अमेरिकी मिडियाका अनुसार उनी चढेको हेलिकप्टर लस एन्जलसको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको हो ।

हेलिकप्‍टर दुर्घटनामा बास्केटबल लेजेन्ड ब्रायन्टको निधन

लस एन्जलस प्रहरीले दुर्घटना बिहानको हुस्सुको कारणले भएको हुन सक्ने बताउँदै त्यसमा परेका सबैको मृत्यु भएको पनि जनाएको छ । ब्रायन्‍ट पाँच पल्टका एनबीए च्याम्पियन हुन् । दुर्घटनामा ब्रायन्टकी १३ वर्षीया छाेरी जियानाको पनि मृत्यु भएको छ ।हेलिकप्टरमा चालकदलका सदस्यसहित ९ जना रहेका थिए ।

सन् १९९६ मा आफ्नो खेल जीवन सुरु गरेका ४१ वर्षीय ब्रायन्टले सन् २०१६ मा सन्यास लिएका थिए । सन् २००८ र २०१२ मा अमेरिकाले ओलम्पिकमा बास्केटबलतर्फ स्वर्ण जित्दा उनी त्यस टिमका सदस्य थिए ।

प्रकाशित : माघ १३, २०७६ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?