सहिद स्मारक लिग : मनाङ र च्यासल युथ विजयी

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिग अर्न्तगत साविक विजेता मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युथ क्बललाई १—०  हराएको छ ।

सहिद स्मारक लिग : मनाङ र च्यासल युथ विजयी

शुक्रबार दशरथ रंगशालामा भएको खेलमा मनाङले सरस्वतीमाथि जित निकाल्दै लिगको शीर्ष स्थानमा रहेका त्रिभुवन आर्मी क्लबसँग अंग बराबरी गरेको छ ।


मनाङको जितमा स्ट्राइकर विमल रानाले निर्णायक गोल गरे । जितपछि ८ खेलमा १६ अंक जोडेको मनाङ तेस्रो स्थानमा उक्लिएको हो । एक खेल कम खेलको त्रिभुवन आर्मी क्लब र ८ खेल खेलेको मच्छिन्द्र समान १६ अंकका साथ क्रमश पहिलो र दोस्रो स्थानमा छन् ।


१४ अंक जोडेको थ्री स्टार चौथो र १२ अंकका साथ जावलाखेल युथ क्लब पाँचौ स्थानमा छ । लिगमा अझै सम्म पनि जितको खाता खोल्न नसकेको सरस्वती क्लब रेलिगेशनको संघार पुगेको छ ।


शुक्रबार नै भएको अर्को खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्बाइज क्लब (बीबीसी) लाई १–० ले हराएको छ । इन्जुरी समयको दोस्रो मिनेटमा कप्तान सन्तोष साहुखलले गोल हानेका थिए ।


यस जितपछि ८ खेलमा ९ अंक जोडेको च्यासल नवौं स्थानमा उक्लिएको छ भने बीबीसी समान खेलमा ८ अंकका साथ १० औं स्थानमा झरेको छ । प्रतियोगितामा शनिबार न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी तथा फ्रेन्ड्स र संकटा क्लबबीच खेल हुनेछ ।

प्रकाशित : माघ १०, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?