कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूर्व नम्बर एक वोज्‍नियाकीको सन्यास

एजेन्सी

मेलबर्न — पूर्व विश्व नम्बर एक क्यारोलाइन वोज्‍नियाकीले शुक्रबारबाट सन्यास लिएकी छिन् । अस्ट्रेलियन ओपनको तेस्रो राउन्डमा ट्युनिसियाकी ओन्स जाबेरसँग ७–५, ३–६, ७–५ हार बेहोरेसँगै वोज्‍नियाकी आफ्नो १६ वर्षे खेल जीवनबाट सन्यास लिएकी हुन् । 

पूर्व नम्बर एक वोज्‍नियाकीको सन्यास

२९ वर्षीया वोज्‍नियाकीले गत वर्ष मेलबर्न पार्कमा अस्ट्रेलियन ओपनबाट सन्यास लिने घोषणा गरेकी थिइन् । उनले दुई वर्षअघि मेलबर्नमा ग्रान्ड स्लाम पनि जितेकी थिइन् ।

दर्शकले भरिएको मेलबर्न पार्कमा सम्बोधन गर्दै वोज्नियाकीले भनिन्, ‘म सबै प्रशंसकलाई धन्यवाद दिन चाहन्छु । कोर्टमा मैले पाएको हौसला साँच्चै अद्‍भूत थियो । म मेरो परिवार खासगरी मेरो बुवा जसले यतिका वर्ष मलाई प्रशिक्षण दिइरहनुभयो, उहाँलाई पनि विशेष धन्यवाद दिन चाहन्छु,’ आँसु र हाँसोबीच उनले भनिन् । ‘प्रायः म रुने गर्दिनँ, माफी चाहन्छु । तर मैले सम्झने क्षणहरु यिनै हुन् । यहाँसम्मको यात्रा निकै रोचक भयो । म साँच्चै नै खुसी छु । म नयाँ यात्राका लागि तयार छु,’ उनले भनिन् ।

क्यारोलाइन वोज्‍नियाकी : केही तथ्य र महत्वपूर्ण उपाधि

क्यारोलाइन वोज्‍नियाकी सन् २००५ मा सिनसिनाटीमा भएको वेस्टर्न एण्ड साउदर्न ओपनबाट डेब्यू गरेकी थिइन् ।

उनी ७१ हप्तासम्म विश्व वरीयताको एक नम्बरमा रहेकी थिइन् । उनले अहिलेसम्म ३० वटा डब्ल्यूटीए उपाधि जितेकी छिन् । उनले पुरस्कारमार्फत नै २७ मिलियन पाउण्ड जितेकी छिन् ।

सन् २०१८ मा उनलाई बाथको समस्या पनि देखिएको थियो तर सन्यासको मुख्य कारण त्यो भने नभएको उनले बताएकी थिइन् ।

उनी सन् २००९देखि २०१४ र २०१७–२०१८ मा गरी विश्व वरीयताको शीर्ष १० मा रहन सफल भएकी थिइन् ।

सन् २०१८ मा युएस ओपन र अस्ट्रेलियन ओपन जितिन् ।

उनी डेनमार्कका तर्फबाट तीन पटक ओलम्पिकमा पनि सहभागी भएकी छिन् ।

उनी हार्वर्ड बिजनेस स्कुलमा समेत भर्ना भएकी छिन् ।

प्रकाशित : माघ १०, २०७६ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?