कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

एपीएफविरुद्ध फेरि न्यु डायमन्ड भिड्ने

काठमाडौँ — महिला भलिबलका चिरप्रतिद्वन्द्वी एपीएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच पाँचौं आरबीबी–एनभीए राष्ट्रिय क्लब महिला भलिबल च्याम्पियनसिपको उपाधि भिडन्त हुने भएको छ । 

एपीएफविरुद्ध फेरि न्यु डायमन्ड भिड्ने

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार सेमिफाइनलमा एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २५–१५, २५–१६, २५–२२ को सोझो सेटमा हराएको थियो । अर्को खेलमा न्यु डायमन्डले भने त्रिभुवन आर्मी क्लबलाई नै सोझो सेटमै हरायो । डायमन्डले २५–१५, २५–२२, २५–१३ को नतिजा निकालेको थियो


सोही प्रतियोगिताको पुरुषतर्फ सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई पन्छाएको छ । अघिल्लो संस्करण विजेता आर्मीमाथि एपीएफले २५–२२, २५–२२, २६–२४ को सेटमा नतिजा निकाल्यो ।


अब एपीएफले उपाधिका हेल्प नेपाल स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ । तीन भारतीय र भारतीय सेनाका नेपाली खेलाडीसम्मिलित हेल्प नेपालले नेपाल पुलिस क्लबलाई २५–२१, २५–१६, २५–१५ ले पराजित हरायो । हेल्प नेपालले गत संस्करणमा सहभागिता जनाए पनि खेलाडी विवादका कारण प्रतियोगिता बीचमै छाडेको थियो ।

च्याम्पियनसिपका शीर्ष तीन स्थानका विजेताले क्रमशः २ लाख, १ लाख र ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । दुवैको फाइनल शुक्रबार हुनेछ ।

प्रकाशित : माघ १०, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?