लिभरपुललाई शीर्षमा १६ अंकको अग्रता

एएफपी

उल्भ्स — रोबर्टो फिरमिनोले फेरि एकपल्ट खेलको अन्त्यतिर गोल गरेपछि लिभरपुलले बिहीबार राति इंग्लिस प्रिमियर लिगमा उल्भ्सलाई २–१ हरायो । यो जितपछि योर्गन क्लोपको लिभरपुलले शीर्ष स्थानमा १६ अंकको अग्रता लिएको छ ।

लिभरपुललाई शीर्षमा १६ अंकको अग्रता

युरोपेली च्याम्पियन टिम लिगका पछिल्ला १४ खेलयता लगातार विजयी रहेको छ । लिभरपुलले जोर्डन हेन्डरसनको गोलले खेलमा अग्रता लिएयता उल्भ्सका लागि राउल जिमिनेजले बराबरी गोल फर्काएका थिए ।


लिभरपुलले पहिलो हाफमा चोटका कारण सादियो मानेलाई गुमाएको थियो । दोस्रो हाफमा भने गोलरक्षक एलिसन बेकरले केही उत्कृष्ट बचाउ गरे ।


लेस्टर, एस्टन भिल्ला र क्रिस्टल प्यालेसमाथि प्राप्त जितमा जस्तै फिरमिनोले खेलको अन्त्यमा निर्णायक गोल गरे । यो जितले लिरभपुलको लिग उपाधि जित्नका लागि ३० वर्षको पर्खाइ सुखद अन्त्यतिर अग्रसर भएको छ ।


लिभरपुलले यस सिजन लिगका २३ खेलमध्ये २२ मा जित हात पारेको छ र दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको तुलनामा एक खेल कम पनि खेलेको छ । लिभरपुल ६७ अंकसहित शीर्ष स्थानमा रहँदा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी ५१ अंकसहित दोस्राे स्थानमा रहेको छ । त्यस्तै लेस्टर सिटी ४८ अंकसहित तेस्राे स्थानमा रहँदा चेल्सी ४० अंकसहित चौथो स्थानमा रहेको छ ।


बिहीबारको खेलमा हार बेहाेरेकाे उल्भ्स भने सातौं स्थानमा रह्यो र शीर्ष चार स्थानसँग छ अंकले पछाडि रह्यो ।

प्रकाशित : माघ १०, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?