१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

म्यानचेस्टरको लाजमर्दो हार

१९६२ यता ओल्ड ट्रायफोर्डमा बर्नलीसँग पहिलो हार
एएफपी

लन्डन — म्यानचेस्टर युनाइटेडले बुधबार राति इंग्लिस प्रिमियर लिगमा बर्नलीको हातबाट लाजमर्दो २–० हार बेहोरेको छ । यसले व्यवस्थापक ओले गन सोल्सारमाथि चर्को दबाब बढेको छ।

म्यानचेस्टरको लाजमर्दो हार

टोटनहमले अर्को खेलमा नर्विचलाई २–१ ले हरायो र यस जितले उसको शीर्ष चारमा उक्लने सम्भावना जीवन्त राख्यो । म्यानचेस्टर भने लिगका पछिल्ला चार खेलमा पराजित रहेको यो तेस्रो पल्ट हो ।


बर्नलीले भने सन १९६२ यता म्यानचेस्टरलाई ओल्ड ट्रायफोर्डमा पहिलो पल्ट हरायो । यससँगै म्यानचेस्टरले सन् १९८९–९० यता पहिलो पल्ट लिगमा सर्वाधिक खराब सुरुवात पनि लिएको छ ।


म्यानचेस्टर चौथोमा रहेको चेल्सीसँग ६ अंकको दूरीमा रह्यो । बर्नलीको जितमा क्रिस उड र जय रोड्रिग्वेजले गोल गरे । टोटनहमको जितमा भने सन ह्वेङ–मिनले खेलको अन्त्यतिर निर्णायक गोल गरे ।


यस्तै आयोज पेरेजको दुई गोल मद्दतले तेस्रो स्थानमा रहेको लेस्टर सिटीले वेस्ट ह्यामलाई सजिलै ४–१ ले हरायो र लगातार दुई खेलको जितहीन यात्रामा पूर्णविराम लगायो ।

प्रकाशित : माघ ९, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?