१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

राष्ट्रिय भलिबल : आर्मी सेमिफाइनलमा

काठमाडौँ — राजधानीमा जारी एनभीए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल प्रतियोगिता अन्तर्गत बुधबार भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ ।

नेपाल भलिबल संघ (एनभीए) को आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९, २५–१८ र २५–१७ ले पराजित गरेको हो ।


प्रतियोगितामा महिला तथा पुरुषतर्फका विजेता टोलीले जनही दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पाउनेछन् । त्यसैगरी तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही २५ हजार रुपैयाँ पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले जनही दश हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित : माघ ८, २०७६ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?