१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेपाल र इंग्ल्यान्डको 'सी' टिमबीच मैत्रीपूर्ण फुटबल हुने 

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) र इंग्ल्यान्ड फुटबल एसोसिएसनबीच मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको छ । 
नेपाल र बेलायतको दौत्य सम्बन्ध २ सय ४ वर्ष पुगेको उपलक्ष्यमा मैत्रीपूर्ण खेलमा सहभागी जनाउने र आयोजना गर्ने सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो ।

नेपाल र इंग्ल्यान्डको 'सी' टिमबीच मैत्रीपूर्ण फुटबल हुने 

सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र इंग्ल्यान्ड फुटबलका लोरेन जोन्सले हस्ताक्षर गरेका छन् । एन्फा अध्यक्ष शेर्पाले नेपाल र बेलायतको सम्बन्ध २ सय ४ वर्ष पुगेको अवसरमा पहिलो मैत्रीपूर्ण खेल बेलायत र दोस्रो मैत्रीपूर्ण खेल नेपालमा हुने जानकारी दिए ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले मैत्रीपूर्ण खेलहरु आगामी मे महिनामा हुने बताए । सन् २०२१ मा पनि मैत्रीपूर्ण खेलले निरन्तरता पाउने नेम्वाङले बताए । वार्षिक रुपमा मैत्रीपूर्ण खेलको निरन्तरता दिने प्रयास एन्फाबाट हुने र सोही अनुसार काम अगाडि बढाउने नेम्वाङले जानकारी दिए ।

सम्झौताअनुसार नेपालकाे राष्ट्रिय टिम र इंग्ल्यान्डकाे 'सी' टिमबीच मैत्रीपूर्ण खेल हुनेछ । मे २५ मा हुने पहिलो खेल ७ हजार दर्शक क्षमता रहेको अल्डरसट एफसीको मैदानमा हुनेछ । यस्तै सन् २०२१ को मे मा इंग्ल्यान्डको टिम नेपाल आउने छन् । नेपालमा हुने खेलको मिति भने तय भएको छैन ।

प्रकाशित : माघ ८, २०७६ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?