मोरङ बन्यो च्याम्पियन

धनकुटा — मोरङ फुटबल क्लबले सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार फाइनलमा धनकुटा फुटबल संघलाई १–० ले पराजित गर्दै मोरङले उपाधिमा कब्जा जमाएको हो । विजेताले एक लाखसहित ट्रफी जित्यो । उपविजेता धनकुटाले ५० हजार पायो ।

मोरङ बन्यो च्याम्पियन

फाइनलमा वुमन अफ द म्याच धनकुटाकी अञ्जना थुलुङ घोषित भइन् । मोरङकी इमा राई सर्वोकृष्ट खेलाडी बनिन् । सर्वाधिक गोलकर्ता मोरङकी सावित्री मगर र इमार राई भए । उत्कृष्ट गोलरक्षकमा मोरङकी कल्पना क्षेत्री र डिफेन्डरमा मोरङकी आशा लिम्बु, मिडफिल्डरमा धनकुटाकी सन्ध्या रम्तेल र उदीयमान खेलाडीमा धनकुटाकी सुनीता तामाङ चुनिए । उत्कृष्ट प्रशिक्षक मोरङका पारस चौधरी घोषित भए ।


माघ ३ देखि भएको प्रतियोगितामा प्रदेश १ का ८ टिमले भाग लिएका थिए । २०३० चैत ३ गते विराटनगरमा तत्कालीन राजा वीरेन्द्र सवारी हुँदा आन्दोलन गर्ने क्रममा बम प्रहारबाट शाहदतप्राप्त गरेका रामकृष्ण श्रेष्ठलाई २०७४ माघ ३ गते सरकारले सहिद घोषणा गरेको थियो । उनकै स्मृतिमा सहिद घोषणा गरेकै दिन पारेर रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानले प्रतियोगिता गरेको हो ।

प्रकाशित : माघ ८, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?