२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मलेसियाविरुद्ध नेपालको लगातार जित

पोखरा —  मैत्रीपूर्ण एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियामाथि सानदार जित हात पारेको छ । मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा नेपालको क्यान–११ ले मलेसियाको राष्ट्रिय टोलीलाई १ सय ७० रनले हराएको हो ।

मलेसियाविरुद्ध नेपालको लगातार जित

शृंखलामा नेपालको दोस्रो जित हो । २ सय ९१ रनको लक्ष्य मलेसिया १ सय २० रनमा अलआउट भयो । अघिल्लो दिनभन्दा बढी रन लक्ष्य पछ्याउने क्रममा मलेसियन टोली भने २८.४ ओभरमा अलआउट भएको हो । मलेसियन टोलीलाई सस्तैमा रोक्न किशोर महतो र ललितनारायण राजवंशीको उत्कृष्ट स्पेल रह्यो । दुवैले ३–३ विकेट लिए ।


त्यसअघि नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलले अर्धशतक पूरा गर्दै रिटायर्ड आउट भए । ज्ञानेन्द्रले ५० बलमा ५५ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे । रोहितले ५६ बलमा ४ चौका र २ छक्का मदतमा ५५ रनको योगदान गरे ।


मलेसियाका नजरिल रहमान र अनवर रहमानले समान २ विकेट लिए । मोहमद अरिफ र सर्भिन मुनिएन्डीले १–१ विकेट लिए ।


जवाफी ब्याटिङ सुरु गरेको मलेसिया–११ भने १ सय २० रनमै समेटियो । मलेसियाको लागि सयद अजिजले सर्वाधिक २८ रन, भूषण सेभले २४, वीरनदीप सिंहले २३ तथा अहमद फैजले १९ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

प्रकाशित : माघ ८, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?