धनकुटा र मोरङ भिड्ने

धनकुटा — धनकुटाको तल्लो टुँडिखेलमा भइरहेको सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको फाइनलमा धनकुटा फुटबल संघ र मोरङ फुटबल क्लब फाइनलमा पुगेका छन् । दुवैले सोमबार जित हात पार्दै उपाधि भिडन्त पक्का गरेका थिए । 

धनकुटा र मोरङ भिड्ने

टाइब्रेकरमा मोरङ २–१ ले विजयी भयो । मोरङले कन्काई फुटबल क्लब झापासँग निर्धारित समयको खेल १–१ को बराबरी खेलेको थियो । आयोजक धनकुटाले कर्णसिंह सोनाम फुटबल क्लव ताप्लेजुङलाई १–० ले हराएको हो ।


मोरङकी मुना मगरले कर्नर किकबाट आएको बलमा खेलको १४ औं मिनेटमा गोल गरिन् । दोस्रो हाफमा कन्काईकी कुसुम खतिवडाले गोल गर्दै खेल बराबरी गरिन् । दुवै टिमले गोल गर्ने मौका खेर फाले । गोल थपिएन । नतिजाको छिनोफानो टाइब्रेकरका आधारमा गरियो । टाइब्रेकरमा मोरङका मनीषा विष्ट र मुना मगरले गोल गरे । झापाकी सम्झना लावतीमात्र गोल गर्न सफल भइन् ।


मोरङकी इमा राईको प्रहार झापाकी गोलकिपर छत्रिका चौधरीले रोकेकी थिइन् । कोपिला धिमालको प्रहार बाहिरिएको थियो । झापाकी जुनु मगर र सरिता शेर्पाको प्रहार मोरङकी गोलकिपर कल्पना क्षेत्री बचाइन् भने प्रिया कार्की र कुसुम खतिवडाको प्रहार बाहिरियो । वुमन अफ द म्याच मोरङकी कल्पना क्षेत्री घोषित भइन् ।


अर्को खेलमा धनकुटाले जित पाउँदा एकमात्र गोल दोस्रो हाफको २४ औं मिनेटमा सन्ध्या रम्तेलले गोल गरेकी हुन् । खेलमा ताप्लेजुङले पटकपटक पाएको मौका गुमाउँदा हार भोगेको हो । वुमन अफ द म्याच सन्ध्या घोषित भइन् । फाइनल मंगलबार खेल हुनेछ । विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित : माघ ७, २०७६ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?