कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पुलिस सेमिफाइनलमा

काठमाडौँ — नेपाल पुलिस क्लब सोमबार पाँचौं आरबीबी–एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पुलिसले ढोरपाटन स्पोर्टस क्लबलाई २५–५, २५–१५, २५–८ को सेटमा हराएको थियो ।

पुलिस सेमिफाइनलमा

न्यु डायमन्ड क्लबसँग प्रतिस्पर्धात्मक सेटमा ३–२ ले पराजित पुलिसले १ अंक जोडेको थियो । ढोरपाटनलाई पराजित गर्दै पुलिस थप ३ अंकसाथ ४ अंक बटुल्न सफल भयो । समूह विजेताको टुंगो भने न्यु डायमन्ड र ढोरपाटनबीचको खेलपछि हुनेछ ।


महिलातर्फ समूह चरणबाट बाहिरिसकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी) ले जावलाखेल भलिबल ट्रेनिङ सेन्टर (जेभीसी) लाई २५–८, २५–९, २५–१५ ले हराएर सान्त्वना खुसी बटुल्यो ।


पुरुषतर्फ त्रिभुवन आर्मी क्लब समूह ‘ए’ मा समूह विजेता बन्दै अन्तिम आठमा पुग्न सफल भयो । आर्मीले सोमबार नयाँबजार सामाजिक युवा क्लबलाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित गर्‍यो । आर्मी दुई खेलबाट ६ अंक जोड्न सफल भयो । एक जित पाएको नयाँबजार सामाजिक युवा समूह उपविजेता भए क्वाटरफाइनल पुग्यो ।


समूह ‘बी’ मा बुलबुले रारा क्लबले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई २५–१५, २५–२१, २५–१० ले पराजित गरेको छ ।

प्रकाशित : माघ ७, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?