कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुम्बई म्याराथनमा नेपालका दुर्गालाई कांस्य

काठमाडौँ — आठौं राष्ट्रिय खेलकुदको म्याराथनमा रजत जितेका दुर्गाबहादुर बुढाले मुम्बई म्याराथनमा भारतीय प्रतिनिधिको रूपमा तेस्रो स्थान हासिल गरेका छन् ।जुम्लाका धावक दुर्गाले प्रदेश ६ बाट दाङमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स भाग लिएका थिए । जहाँ उनले १० हजारमा स्वर्ण र ५ हजार मिटर दौडमा रजत पनि जितेका थिए ।

मुम्बई म्याराथनमा नेपालका दुर्गालाई कांस्य

भारतीय गोर्खा सैनिकमा रहेका दुर्गाले आइतबार मुम्बई म्याराथनको दूरी २ घण्टा २४ मिनेट ०३ सेकेन्डले पूरा गरेका थिए । दोस्रो भएका शेर सिंहभन्दा उनी तीन सेकेन्डले मात्र पछाडि परेका थिए । श्रीनु बुगेथाले २ घण्टा १८ मिनेट ४५ सेकेन्डबाट पहिलो स्थान भेटेका थिए । गत वर्ष दुर्गाले सातौं स्थानमा रहेर दौड टुंग्याएका थिए । यसपालि ओभरअलमा दुर्गा १५ औं स्थानमा रहे । मुम्बई म्याराथन २०२० मा भने इथियोपियाका धावक वर्चस्व राखे । शीर्ष तीन स्थान उनीहरूले कब्जा गरे । डेरारा हुरिसाले २ घण्टा ०८ मिनेट ०९ सेकेन्डबाट स्वर्ण जिते । उनले २ घण्टा ०८ मिनेट ३५ सेकेन्डको गिदोन किप्केटरको नाममा रहेको कोर्स कीर्तिमानलाई उछिनेका थिए ।


२ घण्टा ०८ मिनेट २० सेकेन्डबाट अयेले अबसेरोले रजत र २ घण्टा ०८ मिनेट २६ सेकेन्डबाट ब्रिहानु टेस्टोमले कांस्य पदक जितेका थिए ।


आईएएएफको गोल्ड लेभल इभेन्टको रुपमा रहेको मुम्बई म्याराथन विजेताले ४५ हजार, दोस्रोले २५ हजार र तेस्रोले १७ हजार डलर पुरस्कार पाएका थिए । भारतीयतर्फ शीर्ष तीन स्थानका विजेताले ५, ४ र ३ लाख भारु पुरस्कार पाएका थिए । यसअनुसार नेपालका दुर्गाले ३ लाख थापे ।


१७ औं संस्करणमा भएको मुम्बई म्याराथनमा झन्डै ५५ हजार मानिसको सहभागिता रहेको जनाइएको छ । त्यसमा झन्डै १३ हजारभन्दा बढी खेलाडीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित : माघ ७, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?