२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

रोनाल्डोको दुई गोल

एएफपी

मिलान — क्रिस्टियानो रोनाल्डोको दुई गोलमा युभेन्ट्सले आइतबार राति इटालीको सिरी ए मा पार्मालाई २–१ ले हरायो र शीर्ष स्थानमा इन्टर मिलानमाथि चार अंकको अग्रता कायम राख्यो ।

रोनाल्डोको दुई गोल

यसअघि इन्टर पुछारतिर रहेको लेचेको हातबाट १–१ को बराबरीमा रोकिएको थियो । टुरिनमा भएको खेलमा रोनाल्डोले पहिलो हाफ अगाडि पहिलो गोल गरे ।


यो लिगमा उनको लगातार सातौं खेलमा गोल हो । पार्माले दोस्रो हाफमा आन्द्रेस कोरनेलिसको गोलमा खेलमा फर्कने प्रयास गरेपनि रोनाल्डोले आफ्नो दोस्रो गोल गर्दै त्यो सम्भावनालाई समाप्त पारे ।

प्रकाशित : माघ ६, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?