कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सेरेनाको लक्ष्य कीर्तिमानतिर

एएफपी

मेलबर्न — सेरेना विलियम्स फेरि एकपल्ट जितको बाटोमा फर्केकी छन् । अस्ट्रेलियन ओपन सुरु हुँदा उनको एकमात्र लक्ष्य हुनेछ, कीर्तिमानी २४ औं ग्रान्ड स्लाम जित्ने । सन् २०१७ देखि उनी यही अभियानमा छन् । त्यस वर्ष उनले मेलबर्नमा आफ्नो २३ औं ग्रान्ड स्लाम उपाधि पनि जितेकी थिइन् । तर त्यसयता उनले चार ग्रान्ड स्लाम फाइनलमा हार बेहोरिइसकेकी छन् ।

सेरेनाको लक्ष्य कीर्तिमानतिर

अमेरिकाकी ३८ वर्षीया खेलाडीका लागि संकेत भने राम्रो रहेको छ । किनभने भर्खरै उनले तीन वर्षको प्रतीक्षामा पूर्णविराम लगाउँदै गत साता अकल्यान्ड क्लासिक जितिन् । उनको यो सफलता अरू युवा प्रतिद्वन्द्वी खेलाडीका लागि ठूलो चुनौती बनेको छ ।


उपाधिको होडमा सेरेनाका प्रमुख प्रतिद्वन्द्वी हुन सक्नेछन्, अस्ट्रेलियाकी विश्व नम्बर एक खेलाडी अस्लेग बार्टी र डिफेन्डिङ च्याम्पियन जापानकी नाओमी ओसाका ।


सबैभन्दा बढी दबाब भने सेरेनामै रहनेछ, किनकि उनी २४ औं ग्रान्ड स्लाम जित्न संघर्षरत छिन् । यसपल्ट जित्न सके उनले सन् १९६० देखि १९७३ बीच मार्टरेट कोर्टले जितेको २४ ग्रान्ड स्लाम उपाधिको बराबरी हुनेछ । ‘कीर्तिमान नै मेरो लक्ष्य होइन,’ सेरेनाले भनेकी छन्, खासमा मेरो लक्ष्य ग्रान्ड स्लाम उपाधि जित्नु हो ।’

उनको वरीयता नवौं स्थानमा छ । उनी आफ्नो खास खास रोजाइका प्रतियोगिता मात्र खेल्ने गर्छिन् । पूर्व नम्बर एक सेरेनाले अहिलेसम्म ७३ डब्लूटीए उपाधि जितेकी छन् । यसक्रममा चार दशक छुने गरेर कोर्टमा सक्रिय रहेकी छन् । उनले अहिले तत्काल संन्यासको कुनै छनक पनि देखाएकी छैनन् ।

प्रकाशित : माघ २, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?