भारतमाथि अस्ट्रेलियाको एकपक्षीय जित

एजेन्सी

मुम्बई — अस्ट्रेलियाको पहिलो डे नाइट वान डेमा मंगलबार भारतलाई एकपक्षीय रूपमा १० विकेटले पराजित गरेको छ । अस्ट्रेलियाले विना कुनै विकेट क्षति ३७.४ ओभरमा २ सय ५८ रन बनाएर जितको लक्ष्य पूरा गरेको थियो ।

भारतमाथि अस्ट्रेलियाको एकपक्षीय जित

उसका लागि प्रारम्भिक ब्याट्सम्यान जोडी दुवैले शतक बनाए र नटआउट रहे । डेविड वार्नरले १ सय २८ रन बनाए भने एरोन फिन्चको बलबाट १ सय १० रन निस्केको थियो ।


अस्ट्रेलियाले टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । यस निर्णयलाई सही सावित गर्दै पाहुना बलरले भारतलाई ५० ओभर पनि टिक्न दिएन् । घरेलु टिम ४९.१ ओभरमा अलआउट हुँदै २ सय ५५ रन मात्र बनाउन सफल रह्यो । त्यसमा शिखर धवनले सर्वाधिक ७४ रन बनाए । यस्तै केएल राहुलले ४७ रनको योगदान दिए ।


उनीहरूले दोस्रो विकेटका लागि १ सय २१ रनको साझेदारी गरे । पाहुना बलरमध्ये मिचेल स्टार्क सर्वाधिक सफल रहे । उनले ५६ रन खर्चेर तीन विकेट लिए । यस्तै प्याट कमिन्स र केन रिचर्डसनले दुई दुई विकेट हात पारे । यस जितसँगै अस्ट्रेलियाले तीन वान डेको सिरिजमा १–० को अग्रता लिएको छ । अब दोस्रो वान डे शुक्रबार राजकोटमा हुनेछ ।

प्रकाशित : पुस २९, २०७६ २१:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?