२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

भाल्भरडे बर्खास्त, सेटिन बार्सिलोनाका नयाँ प्रशिक्षक

एएफपी

बार्सिलोना — स्पेनी च्याम्पियन बार्सिलोनाले सोमबार राति आफ्ना प्रशिक्षक एरनेस्टो भाल्भेरडेलाई बर्खास्त गरेको छ । उनको स्थानमा क्वेक सेटिनलाई नियुक्त गरेको छ । नु क्याम्पमा बसेको क्लबको बोर्ड बैठकले चार घण्टाको छलफलपछि यो निर्णय गरेको हो ।

भाल्भरडे बर्खास्त, सेटिन बार्सिलोनाका नयाँ प्रशिक्षक

बार्सिलोना स्पेनी ला लिगाको शीर्ष स्थानमा छ । तर क्लबले पछिल्ला पाँच खेलमध्ये एकमा मात्र जित निकालेको छ । सन् २००३ यता सिजनको बीचमै बर्खास्त हुने उनी पहिलो बार्सिलोनाका प्रशिक्षक हुन् । यसअघि लुइस भान गालले त्यही स्थितिमा आफ्नो पद गुमाएका थिए ।


क्लबले भनेको छ, ‘बार्सिलोना र एरनेस्टो भाल्भरडे संयुक्त रूपमा एउटै निर्णयमा पुगेका छन् र आफूबीचको अनुबन्ध तोड्‌न सहमत भएका छन् ।’ आज मंगलबार नु क्याम्पमा आयोजना हुने प्रेस मिटमा सेटिनलाई प्रस्तुत गरिनेछ । क्लबले सन् २०२२ जुन ३० सम्मका लागि स्टेइनसँग अनुबन्ध गरेको छ ।

अब आइतबार ग्रेनेडाविरुद्ध हुने खेलमा सेटिनले बार्सिलोनाको नेतृत्व गर्नेछन् । यस्तै अर्को महिना युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा नेपोली र लिगमा मार्चतिर रियल म्याड्रिडको सामना गर्नेछ । एटलेटिको म्याड्रिड र रेसिङ सान्टेन्डरका पूर्व खेलाडी सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् ।


उनी रोमाञ्चक र आक्रामक फुटबलका लागि परिचित छन् । त्यसै कारण ६१ वर्षीय सेटिनलाई बार्सिलोनाको भविष्यको प्रशिक्षकका रूपमा मानिएको थियो । उनको प्रशिक्षणमा सन् २०१८ मा बेटिस छैटौं स्थानमा रहेर युरोपा लिगका छनोट भएको थियो ।

प्रकाशित : पुस २९, २०७६ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?