कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

एपीएफ च्याम्पियन

काठमाडौँ — तेस्रो संस्करणको होङ्गान्जी न्यु डायमन्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । आयोजक टोली न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा हराएर एपीएफले लगातार दोस्रो उपाधि जितेको हो । यसअघिका दुई संस्करणमा पनि यी दुई टिम फाइनलमा भिडेका थिए । पहिलो संस्करण न्यु डायमन्डले जितेको थियो । 

एपीएफ च्याम्पियन

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आइतबार सम्पन्न फाइनलमा राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी अरुणा शाही सम्मिलित न्यु डायमन्डले राष्ट्रिय टिमका अधिकांश खेलाडी सम्मिलित एपीएफविरुद्ध बलियो प्रदर्शन गर्न सकेन । एपीएफले पहिलो सेट २५–२० ले जितेको थियो । दोस्रो सेटमा अधिकांश समय अग्रता लिएर पनि न्यु डायमन्डले २५–२३ ले गुमाउन पुग्यो । तेस्रो सेटमा एपीएफ २५–१८ ले हाबी हुँदा न्यु डायमन्ड पुनः उपविजेतामै सीमित हुनुपर्‍यो ।

उपाधि विजेता एपीएफले ४ लाख १ सय १ रुपैयाँ पुरस्कार पाएको छ । न्यु डायमन्डले ३ लाख १ सय १ रुपैयाँ पुरस्कार पाएको छ । आइतबारै भएको तेस्रो स्थानको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गरेको नेपाल पुलिसले १ लाख १ सय १ रुपैयाँ पुरस्कार पाएको छ । चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ नगदसहित सान्त्वना पुरस्कार पायो । पुलिसले आर्मीविरुद्ध २५–२२, २५–९ र २५–१२ सेटमा जित हासिल गरेको हो ।

एपीएफलाई उपाधि दिलाउन निर्णायक भूमिका खेलेकी स्पाइकर सरस्वती चौधरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिएकी छन् । उनी फाइनलको पनि प्लेयर अफ द म्यन हुन् । बिधागततर्फ न्यु डायमन्डका खेलाडीहरूको वर्चस्व रह्यो । न्यू डायमन्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर, सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र अरुणा शाही उत्कृष्ट सेटर चुनिए । एपीएफकी सरस्वती चौधरी उत्कृष्ट सर्भर र हीरा केसी उत्कृष्ट ब्लकर बनिन् । पुलिसकी कोपिला राना उत्कृष्ट क्विकर तथा एपीएफका महेशबहादुर चौधरी उत्कृष्ट प्रशिक्षक बने । उनीहरू सबैले जनही ७ हजार १ सय १ रुपैयाँ पुरस्कार पाए । उत्कृष्ट खेलाडीको रूपमा सरस्वतीले २१ हजार १ सय १ रुपैयाँ पुरस्कार पाइन् ।

वर्षाका कारण १ दिन लम्बिएर ५ दिनसम्म चलेको प्रतियोगितामा ७ टोलीबीच लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गराइएको थियो ।

प्रकाशित : पुस २८, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?