१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एटलेटिकोसँग बार्सिलोना स्तब्ध

एएफपी

जेद्दा — बार्सिलोनालाई बिहीबार राति ३–२ ले स्तब्ध पार्दै एटलेटिको स्पेनी सुपरकपको फाइनलमा प्रवेश गरेको छ । पछाडि रहेको स्थितिबाट फर्केको एटलेटिकोले अब फाइनलमा रियल म्याड्रिडको सामना गर्नेछ ।

एटलेटिकोसँग बार्सिलोना स्तब्ध

खेल सकिन नौ मिनेट अगाडिसम्म बार्सिलोना २–१ ले अगाडि थियो र अब उपाधिको भिडन्त रियलविरुद्ध हुने तय देखिएको थियो । तर अब साउदी अरेबियामा भइरहेको प्रतियोगिताको फाइनल म्याड्र्रिड डर्बी हुने भएको छ ।



खेलमा सबै पाँच गोल नाटकीय रुपमा दोस्रो हाफमा भएका थिए । कोकेले एटलेटिकोलाई सुरुआती अग्रता दिलाएयता बार्सिलोनाका लागि लियोनल मेसी र एन्टोन ग्रिजमनले गोल गरे ।



त्यसयता एटलेटिकोका तर्फबाट अल्भारो मोराटाले पेनाल्टीबाट बराबरी गोल गरे भने एन्जेल कोरेआले ८६ औं मिनेटमा निर्णायक गोल गरे । यसबीच बार्सिलोनाका दुई गोल भारले रद्द गरेको थियो ।


तस्बिर : रोयटर्स

प्रकाशित : पुस २५, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?