२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

माने भए अफ्रिकी वर्ष खेलाडी

एएफपी

कायरो — लिभरपुलका सेनगली स्टार साडियो मानेले मंगलबार सन् २०१९ को अफ्रिकी वर्ष खेलाडीको उपाधि जितेका छन् ।
उनले यसक्रममा इजिप्टका आफ्ना साथी खेलाडी मोहम्मद सलाह र अल्जेरियाका म्यानचेस्टर सिटी खेलाडी रियाद मेहरजलाई उछिने ।

माने भए अफ्रिकी वर्ष खेलाडी
इजिप्टको हरघाडा सहरमा आयोजना गरिएको कार्यक्रममा २७ वर्षीय मानेले अवार्ड जितेपछि भने, ‘यो अवार्ड जितेर म निकै खुसी पनि छुं, अनि गर्व पनि महसुस गरिरहेको छुं ।’


यसअघिका दुई संस्करणको अवार्ड सलाहले जितेका थिए । मानेले थपे, ‘आजको टिम मेरो लागि निकै महत्त्वपूर्ण रह्यो ।’ सन् २०१९ मा मानेले ३४ गोल गरे भने १२ गोलमा सहयोगी भूमिका निभाएका थिए ।

प्रकाशित : पुस २३, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?