युभेन्ट्समाथि इन्टरको दबाब, कागलिरीविरुद्ध रोनाल्डोको ह्याट्रिक

(एएफपी)

मिलान — रोमेलो लुकाकुले दुई गोल गरेपछि इन्टर मिलानले सोमबार राति नेपोलीलाई ३–१ ले हरायो र इटालीको सिरी ए को शीर्ष स्थानमा रह्यो । यस जितसँगै इन्टर डिफेन्डिङ च्याम्पियन युभेन्ट्समाथि दबाब कायम राख्न पनि सफल रह्यो ।

युभेन्ट्समाथि इन्टरको दबाब, कागलिरीविरुद्ध रोनाल्डोको ह्याट्रिक

यसअघि युभेन्ट्सले कागलिरीलाई ४–० ले हराएको थियो र त्यसमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । यो इटालीमा उनको पहिलो तीन गोलको प्रदर्शन हो ।


एन्टोनियो कोन्टेको इन्टरले २३ वर्षयता पहिलो पटक लिगमा नेपोलीलाई हराएको हो र यस सफलतापछि युभेन्ट्ससँग समान अंकमा शीर्ष स्थानमा रह्यो । दुवैको समान ४५ अंक छ, तर इन्टर गोल अन्तरले अगाडि छ ।


लाजियो तेस्रो स्थानमा छ र उसले लिगमा लगातार नवौं जित हात पार्न अर्को खेलमा ब्रेसियालाई २–१ ले हरायो । लाजियोले एक खेल कम खेलेको छ र उसको ३९ अंक भएको छ ।

प्रकाशित : पुस २२, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?