कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एभरटनमाथि लिभरपुल हाबी

एएफपी

लन्डन — कर्टिस जोन्सले गरेको उत्कृष्ट गोलको मदतले लिभरपुलले आइतबार राति एफए कप तेस्रो चरणमा मर्सिसाइड प्रतिद्वन्द्वी एभरटनलाई १–० ले हराएको छ ।

एभरटनमाथि लिभरपुल हाबी

जोन्सले दोस्रो हाफमा गोल गरेपछि एनफिल्डमा खुसीयाली छाएको थियो । उनी क्लको युथ एकेडेमीका उत्पादन हुन् र यो हार एभरटनका लागि बिर्सनलायक रहेको छ ।


लिभरपुलमै जन्मेका १८ वर्षीय जोन्सले क्लबका यो गरेको यो पहिलो सिनियर गोल हो र उनी यो स्तरमा पाँचौं पल्ट मात्र खेलिरहेका थिए । सन् १९९४ यता उनी मर्सिडाइड डर्बीमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् ।


त्यस अगाडि यो उपलब्धि रोबी फाउलरको नाममा थियो । एभरटनले सन् २०१० यता छिमेकी लिभरपुललाई हराउन सकेको छैन् ।

प्रकाशित : पुस २१, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?