कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अलिरेजाकाे उत्कृष्ट गोलमा ब्राइटनले चेल्सीलाई बराबरीमा रोक्याे

एएफपी

लन्डन — इंग्लिस प्रिमियर लिगमा चेल्सी बुधबार ब्राइटनको हातबाट नाटकीय १–१ को बराबरीमा रोकियो । अलिरेजा जहानबक्सले एमेक्स स्टेडियममा ब्राइटनका लागि ओभरहेड किकको मदतले आकर्षक गोल गरे र बराबरीको नतिजा निकाले । 

अलिरेजाकाे उत्कृष्ट गोलमा ब्राइटनले चेल्सीलाई बराबरीमा रोक्याे

वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका इरानी खेलाडीले क्लबलाई खुसी तुल्याउँदै ८४ औं मिनेटमा गोल गरे । शनिबार उनले क्लबबाट पहिलो गोल गरेका थिए । उनको दोस्रो गोल भने वर्षकै उत्कृष्ट गोलमध्ये एक रहनेछ ।


ब्राइटन सुरुमै सिसर एजपिलक्युटाको गोलले पछाडि परेको थियो । यो चेल्सीलाई धक्का मानिएको छ । चौथो स्थानमा रहेको चेल्सीले पाँचौं स्थानमा रहेको म्यानचेस्टर युनाइटेडमाथि पाँच अंकको अग्रता खोलेको छ । ब्राइटन भने १३ औं स्थानमा उक्लेको छ ।


अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई उसकै घरमा २–१ ले हरायो । यो जितपछि एस्टन भिल्ला रेलिगेसन क्षेत्र छाड्न पनि सफल रहेको छ । उसका लागि ज्याक ग्रेलिस र वेस्लीले गोल गरे । बर्नलीका तर्फबाट भने क्रिस उडले गरे । एस्टन भिल्लाको यो महत्त्वपूर्ण जितपछि २१ अंक भएको छ ।

प्रकाशित : पुस १७, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?