१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

पुनरागमनमा चेल्सीको सान

एएफपी

लन्डन — चेल्सीले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर इंग्लिस प्रिमियर लिगमा आइतबार आर्सनललाई उसकै घरमा २–१ ले हराएको छ । आर्सनलले इमिरेट्समा पिएरे एमरिक अबामेयाङको गोलले १३ औं मिनेटमा अग्रता लिएकोमा जोर्गिन्होले ८३ औं मिनेटमा बराबरी गोल फर्काए ।

पुनरागमनमा चेल्सीको सान

चेल्सीका लागि टमी अब्राहमले ८७ औं मिनेटमा निर्णायक विजयी गोल गरे । यो जितपछि चेल्सीको ३५ अंक भएको छ । क्लबले चौथो स्थानमा पकड बलियो बनाएको छ । आर्सनल भने २४ अंकमै सीमित रह्यो ।

यसअघि शनिबार रातिका खेलमा पूरा परिवर्तित टिम उतारेको लेस्टर सिटीले वेस्ट ह्यामलाई २–१ ले हरायो भन बर्नलीलाई २–० ले हराएर म्यानचेस्टर सिटी चौथो स्थान नजिक पुग्न सफल रह्यो । हारसँगै वेस्ट ह्यामका व्यवस्थापक म्यानुयल पेलेग्रेनी बखास्तीमा पनि परेका छन् । म्यानचेस्टरको जितमा एन्थोथी मार्सियल र मार्कस रसफोर्डले एक–एक गोल गरे । म्यानचेस्टर टोटेनहमको माथि छ ।

टोटेनहम भने अर्को खेलमा नर्विचसँग २–० को बराबरीमा रोकियो । बक्सिङ डेमा लिभरपुलविरुद्ध खेलेको टिमबाट लेस्टरले ९ खेलाडी परिवर्तन गरेको थियो । त्यही टिमविरुद्धको खेलपछि पेलेग्रेनीको बर्खास्ती घोषणा भएको थियो । त्यो खेल गुमाउने प्रमुख खेलाडीमा जेमी भार्डी पनि रहे । उनी छोरीको जन्मका कारण खेलमा उपस्थित भएनन् । तर टिमलाई जिताउन केलेची इहेनाचो डमराइ ग्रेको गोल पर्याप्त रह्यो ।

जितपछि पनि लेस्टर शीर्षस्थानको लिभरपुलभन्दा १० अंकको अन्तरले पछाडि छ । पाब्लो फोर्नाल्सले वेस्ट ह्यामका लागि एक गोल फर्काए पनि त्यो नतिजा परिवर्तन गर्न पर्याप्त रहेन । पछिल्ला ९ खेलमध्ये सातमा पराजित वेस्ट ह्याम रेलिगेसन क्षेत्रबाट एक अंकले मात्र अगाडि छ । म्यानचेस्टरले भने चौथो स्थानको चेल्सीसँगको दूरी एक अंकमा छोट्यायो । म्यानचेस्टरले लिगका पछिल्ला १५ खेलमा कुनै गोल नखाएको यो पहिलोपल्ट हो । ‘क्लिन सिट राख्न सक्नुको पनि ठूलो अर्थ छ, यसले खेलमाथि आफ्नो पकड कायम राख्न मदत राख्छ,’ म्यानचेस्टरका व्यवस्थापक ओले गनर सोल्सायरले भने ।

टोटेनहम आफैं पनि क्लिन सिट राख्न संघर्षरत छ । जोसे मोउरिन्हो आएयता क्लबको डिफेन्स अझै कमजोर देखिएको छ । त्यसैले टिमले लिगतालिकाको पुछारमा रहेको नर्विचविरुद्ध खेलमा पनि २–२ को बराबरीमा चित्त बुझायो । ‘हामीले निकै सजिलोसँग दुई गोलको उपहार दियौं । हामीले लगातार गोलको अवसर दिइरहेका छौं र यो ठीक होइन । सबैभन्दा चिन्ताको विषय के हो भने हाम्रो डिफेन्सले एकपछि अर्को भुल गरिरहेको छ,’ टोटेनहम व्यवस्थापक जोसे मोउरिन्होले प्रतिक्रिया दिए ।

कार्लो एन्सेलोट्टी आएयता एभरटनको सुधारिएको प्रदर्शन कायम रह्यो । आकर्षक सुरुआत लिँदै क्लबले न्युकासललाई उसकै घरमा २–१ ले हरायो । एभरटनका लागि दुवै गोल लयमा देखिएका डोमिनिक क्लेभर्ट लेविनले गरे । यो जितपछि एभरटन लिगतालिकाको मध्यतिर उक्लिन सफल रह्यो । शीर्ष चारको अभियानमा रहेको क्रिस्टल प्यालेसले भने त्यसमा धक्का पुग्ने गरेर साउथह्याम्टनविरुद्ध १–१ को बराबरी खेल्यो । वाटफोर्डले भने एस्टन भिल्लालाई ३–० ले पन्छायो ।


प्रकाशित : पुस १४, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?