पीपीएल : लगातार हारपछि साविक विजेता पोखरा प्रतियोगिताबाटै बाहिरियो

पोखरा — पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा धनगढी ब्लुजले पोखरा पल्टनमाथि ५ विकेटको जित हासिल गरेको छ । ८० रनको लक्ष्य धनगढीले ९.१ ओभरमै पूरा गरेको हो । 

पीपीएल : लगातार हारपछि साविक विजेता पोखरा प्रतियोगिताबाटै बाहिरियो


यो नतिजाले प्रतियोगिताको साविक विजेता पोखरा प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको छ । जितले धनगढी पनि प्लेअफमा पुगेको भने छैन । काठमाडौं गोल्डेन वारियर्सले अन्तिम खेलमा चितवनसँग खेल्दैछ । यही नतिजाले प्लेअफमा पुग्ने तेस्रो टोलीको छिनोफानो हुनेछ । चितवन राइनोज र बुटवल ब्लास्टर्सले प्लेअफमा स्थान बनाइसकेका छन् ।


धनगढीका ओपनर रोड्रिगो थोमस र दीपक पुनियाले २७ रनको साझेदारी गरेका थिए । थोमसले १५ रन बनाएर आउट भएपछि आएका कप्तान दीपेन्द्र सिंह ऐरीले १३ रन थपे । पुनियाले २५ रनको योगदान दिए । सुबेन्दु पान्डे ११ र मन्जित श्रेष्ठले अविजित ९ रन बनाए ।


यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६.३ ओभरमा अलआउट हुँदै ७९ रन बनाएको थियो । उसका लागि आसिफ शेख र विनोद भण्डारीले मात्रै दोहोरो अंकको रन छुन सके । ओपनिङमा आएका आसिफले २९ बलमा ४ चौकासहित ३२ रन बनाए । एउटा एन्डबाट उनले रन बनाए पनि अर्को एन्डबाट लगातार विकेट झरिरह्यो ।


पाँचौं नम्बरमा ब्याटिङमा आएका विनोद भन्डारीसँग मिलेर आसिफले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । विनोद १५ बलमा १२ रन बनाएर आउट भए ।

बलिङमा धनगढीका अनिल खरेलले ३ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिए । सागर ढकाल र दीपक पुनियाले २/२ विकेट लिए ।

प्रकाशित : पुस ७, २०७६ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?