कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पीपीएल : धनगढीलाई हराएपछि बुटवल पनि प्लेअफमा

पोखरा — धनगढी एक्सपर्ट ब्लुजलाई ७ विकेटले पराजित गरेपछि बुटवल ब्लास्टर्सले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको प्लेअफमा पुगेको छ । दुई विदेशी ब्याट्सम्यानले विस्फोटक पारी खेल्दा १ सय ४१ रनको लक्ष्य बुटवलले १६.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्‍यो ।

पीपीएल : धनगढीलाई हराएपछि बुटवल पनि प्लेअफमा

आइतबारको पहिलो खेलमा विराटनगर टाइटन्सलाई हराएर चितवन राइनोज पनि प्लेअफमा पुगेको थियो ।


पावर प्लेमा १ विकेट गुमाएर ६८ रन जोड्दै बुटवलले शानदार सुरुआत गरेको थियो । ४.४ ओभरमा दीपक पुनियाको बलमा आउट हुनुअघि अफ्तावउद्दिन अहमदले २३ बलमा १ चौका र ७ छक्कासहित ५२ रन प्रहार गरे । यसबीचमा अर्का ओपनर शंकर रानाले खाता खोलेकै थिएनन् ।


त्यसपछि आएका हर्ष टंकले शंकरसँग मिलेर दोस्रो विकेटका लागि पनि ५२ रनको साझेदारी गरेपछि बुटवल सहज जिततर्फ मोडियो । हर्षले २१ बलमा ४० रन प्रहार गरे । अनिल खरेलको बलमा आउट हुनुअघि उनले ३ चौका र ४ छक्का प्रहार गरे । शंकरले २५ रन जोडे । ३१ बलमा ३ चौका प्रहार गरेका उनलाई पनि अनिलले नै आउट गरेका हुन् । शिवम् सिंह १५ र भीम सार्की ७ रनमा अविजित रहे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको धनगढी इनिङको १ बल बाँकी छँदा अलआउट भएको थियो । धनगढीको सुरुआत कमजोर भए पनि कप्तान दीपेन्द्रले अर्धशतकीय योगदान गरेपछि धनगढीले सम्मानित योगफल बनाएको थियो । ओपनर सुबेन्दु पाण्डे र रोड्रिगो थोमस क्रमशः १ र ५ रनमा आउटका थिए । ३.३ ओभरमा सन्दीप रजाली पनि खाता नखोली आउट हुँदा धनगढी १३/३ को कठिन स्थितिमा पुग्यो ।


तर कप्तान दीपेन्द्र र सन्दीप जोराले चौथो विकेटका लागि ८७ रनको साझेदारी गर्दै पारी उकासेका थिए । १४.१ ओभरमा २ रन लिने चक्करमा सन्दीप ३९ रनको स्कोरमा रनआउटको शिकार भए । उनले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।


अर्को ओभरमा दीपक पुनिया ४ रन बनाएर आउट भए । १७.३ ओभरमा अविनाश बोहोराको बलमा क्याचआउट हुनुअघि कप्तान दीपेन्द्रले ४५ बलमा ६ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाए । त्यसपछि धनगढीको लगातार विकेट झरिरह्यो । सौरभ खनालले १० रन जोडेका थिए ।


बलिङमा अविनाशले ४ विकेट लिए । उनले ३.५ ओभरमा २६ रन खर्चिए । ललितसिंह भन्डारी ३ तथा कप्तान सोमपाल कामीले १ विकेट लिए ।

प्रकाशित : पुस ६, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?