१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लिभरपुलले जित्यो क्लब वर्ल्डकप

(एएफपी)

दोहा — रोबर्टो फिरमिनोले अतिरिक्त समयमा गरेको गोल मद्दतले लिभरपुललले शनिबार राति खलिफा इन्टरनेसनल स्टेडियममा भएको खेलमा ब्राजिलको फ्लेमिङ्गोलाई १–० ले हराउँदै क्लब वर्ल्डकप जितेको छ ।

लिभरपुलले जित्यो क्लब वर्ल्डकप

ब्राजिली फिरमिनोले अतिरिक्त समयको नवौं मिनेटमा गोल गर्दै योर्गन क्लोपको युरोपेली च्याम्पियन तथा इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई यो उपाधि दिलाएका हुन् ।


खेलका क्रममा फ्लेमिङ्गोले बलियो चुनौती पेस गर्दै लिभरपुललाई दबाबमा राखेपछि इंग्लिस क्लबले जित निकाल्दै सन् १९८१ को बदला पनि लिएको छ । त्यस वर्ष लिभरपल अन्तरमहादेशीय कपमा यही टिमविरुद्ध पराजित रहेको थियो ।

प्रकाशित : पुस ६, २०७६ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?